पदाधिकारी

अनिपाल शाही graphic

अनिपाल शाही

प्रमुख

पढ्नुहोस..

श्री लक्ष्मी विष्ट (नेपाली) graphic

श्री लक्ष्मी विष्ट (नेपाली)

उप प्रमुख

पढ्नुहोस..

श्री चक्रवहादुर शाही graphic

श्री चक्रवहादुर शाही

नि. स्थानीय विकास अधिकारी

पढ्नुहोस..

श्री श्री प्रवलजंग शाही graphic

श्री श्री प्रवलजंग शाही

सूचना अधिकारी

पढ्नुहोस..

कालिकोट जिल्लाको संक्षिप्त परिचय

कालीकोट जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलको पहाडी जिल्लाकोरुपमा अवस्थित छ। यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग कि.मी अर्थात १७८०३० हेक्टर रहेको छ। यो जिल्ला २९० ५" उत्तर देखि २९.०२८ उत्तर आक्षांस र ८१० २८" पूर्व देखि ८२० ०२" पूर्व देशान्तरमा पर्दछ। जिल्लाको कुल जनसंख्या १३०३५६ र घरपरिवार संख्या २११७९ रहेको छ। जसमा महिला ६५८३० र पुरुषको ६४५२६ देखिन्छ भने औसत परिवार संख्या ६.२६ , जनघनत्व ५९ व.कि.मी रहेको छ। ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरु छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । समशीतोष्ण हावापानी भएको यस जिल्लामा गर्मीयाममा अधिकतम तापक्रम १८.६०० से. सम्म र जाडो याममा न्यूनतम तापक्रम ५.६०० से. सम्म पुगेको पाइन्छ । यस जिल्लामा औषत ७३० मिली लिटर वार्षिक वर्षा हुने गरेको छ । समुद्री सतहबाट ७३८ मिटर देखि ४७९० मिटर उँचाई रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar